pokhara news

आईफा अवार्ड आयोजनाबाट पछि हट्यो सरकार

काठमाडौं : भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे ।

अवार्ड नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो । ‘संसदीय समितिको निर्देशन अनुसार अब हामी आईफा अवार्ड आयोजना नगर्ने अवस्थामा पुगेका छौं,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘स्थगितको औपचारिक निर्णय गर्न बाँकी छ ।’

संसदीय समितिले अवार्ड आयोजनाले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिने निर्णय गरेको थियो । सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु