आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो वर्षको तुलनामा ५१ करोड बढी राजस्व संकलन
१, साउन कास्की ।
आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा ५१ करोड बढी राजस्व संकलन गरेको छ। कार्यालयलेआर्थिक वर्ष 2081/082 मा 6 अर्ब 8 करोड 46 लाख रूपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९प्रतिशतले वृद्धि भएको हो । आ.व. 2080/081 मा आन्तरिक राजस्व कार्यालयले ५ अर्ब ५७ करोड ५9 लाख रुपैयाँराजस्व संकलन गरेको थियो । आर्थिक वर्ष 2081/082 को वार्षिक लक्ष्य 7 अर्ब 19 करोड १७ लाख रहेकोमा कार्यालयलेलक्ष्यको 85 प्रतिशत राजस्व संकलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष 2081/082 मा आयकरतर्फ ४ अर्ब, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब 89करोड 59 लाख र अन्तः शुल्कतर्फ 18 करोड 45 लाख राजस्व संकलन गरेको छ । सहकारीमा समस्या, आर्थिकगतिशिलतामा सुस्तता भएकोले लक्ष्य अनुसारको राजस्व संकलन नभएपनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक
राजस्व संकलन भएको प्रमुख कर अधिकृत शिव शर्माले बताउनुभयो। आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गतव्यवसायिक प्यानमा दर्ता हुने करदाताको संख्या 68 हजार रहेको छ । जसमध्ये १२ हजार ५ सय करदाता मू.अ.करमादर्ता छन् भने व्यक्तिगत प्यान लिनेको संख्या 2 लाख १० हजार रहेको छ।यसैबिच
करदातालाई सहायता प्रदान गर्ने उद्देश्यले आर्थिक वर्ष 2082/083 को पहिलो दिनदेखि आन्तरिक राजस्व कार्यालयपोखराको परिसरमा करदाता सहायता कक्ष सञ्चालन भएको छ। बिहिबार एक कार्यक्रमकाबिच जिल्ला प्रशासन कार्यालयकास्कीका प्रमुख जिल्ला अधिकारीरुद्रा देवी शर्माले करदाता सहायता कक्षको उद्घाटन गर्नुभयो।आन्तरिक राजस्व
कार्यालय पोखरा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र जर्मन सरकारको स्वामित्वमा रहेको जीआई जेडको सहयोगमा करदाता सहायता कक्ष निर्माण भई सञ्चालनमा आएको हो ।शुभारम्भ भएको हो। सहायता कक्षस्थापना पछि करदातालाई कार्यालयका कार्यहरूमा थप सहजता हुने अपेक्षा गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment