आन्तरिक हवाइ उडान आजबाट शुरु
५ असोज, पोखरा।
आन्तरिक हवाइ उडान आजबाट शुरु भएको छ ।आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् ।पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।
बायू सेवा सञ्चालकले सरकारको निर्णयको विरोध गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीच छलफल भएको थियो ।सो छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो ।विमानस्थलमा भिड हुन नदिन मौसम, प्राविधिक समस्या आदिका कारण उडान ढिलो हुने वा स्थगित हुने अवस्थामा ग्रुप एसएमएसमार्फत् सकेसम्म छिटो जानकारी दिनुपर्ने, यात्रुहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, चालक, सहचालकहरुले मास्क भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले चार्टर्ड उडानको हकमा भने लकडाउनअघिकै अवस्था बमोजिम हुने व्यवस्था गर्न भनेको छ ।
मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विमानस्थलमा ज्वरो जाँच गर्न तथा स्वास्थ्य अवस्था सोधपुछ गर्न र विमानस्थलभित्रको व्यवस्थापन र स्वयंसेवकको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला मन्त्रालयसँग अनुरोध समेत गरेको छ ।नेपालमा गत चैतमा लकडाउन भएयता हवाइ उडान र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.
Leave A Comment