आर्थिक आवाजलाई ‘जर्नालिजम अवार्ड अफ दि इयर’
आर्थिक आवाजलाई ‘जर्नालिजम अवार्ड अफ दि इयर’
पोखरा
आर्थिक आवाज मिडियाले ‘लायन्स जर्नालिजम अवार्ड अफ दि इयर २०१९÷२०’ प्राप्त गरेको छ । आर्थिक मिडिया प्रा.लि. अन्तर्गत आर्थिक आवाज पत्रिका र आर्थिक आवाज डटकम अनलाइन सञ्चालनमा छन् ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेको हो । शनिबार भर्चुअल माध्यमबाट आयोजित ‘ग्राण्ड अवार्ड सेरेमोनी’ मा लायन्स वर्ष २०१९÷२० का डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।
मिडियाको क्षेत्रबाट आर्थिक आवाजले लायन्सको ब्राण्डिङमा योगदान गरेकाले अवार्ड प्रदान गरिएकोे तत्कालीन गभर्नर लम्सालले सो अवसरमा बताइन् । आर्थिक आवाजले अवार्ड प्राप्त गर्दा खुसी लागेको आर्थिक आवाजका प्रधान सम्पादक तथा सञ्चालक सुरेन्द्र पौडेलले बताए ।
काठमाडौंको नयाँ वानेश्वरमा प्रधान कार्यालय रहेको आर्थिक आवाजको कर्पोरेट कार्यालय पोखरामा छ । आर्थिक आवाज बिगत ५ वर्ष अगाडिबाट सञ्चालनमा रहेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.
Leave A Comment