pokhara news

उदयपुरमा गाडी दुर्घटना, ५ जनाको मृत्यु तीन घाइते

काठमाडौं : सिद्दिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै तीनजना गम्भिर घाइते भएका छन् ।कटारी नगरपालिकाको वडा नम्बर १४ मा पर्ने भदौरे भिरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० प ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कारपियो राती १२ बजे दुर्घटना भएको थियो । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३२ वर्षका पुरुष, ३५ वर्षका पुरुष र अर्की ३५ वर्षकी महिलाको पहिचान हुन बाँकी रहेको छ । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते छन् ।

उनीहरुलाई कटारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर पठाइएको छ । कल्पनाको टाउको र शरिरमा चोट लागेको भने कुमारीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।

प्रहरीले राती ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब नौसय मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जव गरी गएको बुझिएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु