pokhara news

उपल्लो मुस्ताङको सम्पती भोटेपिपल

कृष्ण अन्जान ज्ञवाली 
मुस्ताङ
पोखरा वाट मार्फा सम्म पुग्दा देखिने हरियालि जोमसोम पुग्दा करिव समाप्त हुन्छ भन्दा फरक पर्दैन ।मुस्ताङ यात्रमा जोमसोम पुगे पछि नयां संसारको यात्रा  शुरु भएको आभास हुन्छ ।
कागवेनिवाट उपल्लो मुस्ताङ शुरु हुन्छ र त्यहांवाट माथि वलौटे माटो धुलो र स साना पोथ्य्रानका रुपमा वनस्पति देखापर्छन ।माथि हिंउले फुलेका पहाड तल वलौटे भुभाग हेर्दालाग्छ मरुभुमि हो तर मौसम भने चिसो ।
छुसांग वाट शुरु हुने उपल्लो मुस्ताङको वनावट मात्र स साना वनस्पतिका पोथ्य्रानमात्र देखापर्ने धुलौटे पहाड हो कतै पठार त कतै मात्र ढुंगे पठार यो श्रृंखला नेपाल चिन सिमानाको कोरला सम्म छ ।जादै गर्दा कहिंकतै देखिने स साना वस्तीहरु वौद्ध गुम्वाले मानवको वसोवास भएको देखाउंछ नभए लाग्छ उपल्लो मुस्ताङ सुन्य छ ।
कागवेनि वाट उपल्लो मुस्ताङको यात्रा तय गर्दा छुसांग स्यांगवोचे लोमान्थांग ,छुसेर लगाएतका क्षेत्रमा स्थानियको एकमात्र सम्पतीको रुपमा रहेको छ भोटे पिपल ।

समुन्द्री सतह देखि करिव ४ हजार ५ सय मिट्रको उचाइ कोरला सम्मका वासिन्दाहरुले यो भोटे पिपल लाइ अत्यन्त जतन गरेर संरक्षित गरेर राखेको पाइन्छ ।यहि वनस्पति हो जसवाट यहांका सवै संरचना हरुको निर्माण भएको छ ।यहांका विध्यालय ,घर गुम्वामा यहि भोटेपिपलको काठ प्रयोग हुने भएकाले उपल्लो मुस्ताङमा यो काठ वहुमुल्य वनस्पतिको रुपमा हरेक घरमा संरक्षित रहेको छ ।
यहांका वासिन्दाको यदि कुनै सम्पतीहो भने यहि भोटे पिपल जातको रुखहो । जाडोमा यसका हांगा विंगा वाट दाउरा वाल्ने आगो ताप्ने काम हुन्छ भने यहिकाठले राम्रा वुट्टेदार झ्याल ढोकाको निर्माण हुन्छ ।घरका दलिन खांवा सवै यहिकाठको प्रयोग भएको पाइन्छ ।
खासै पानि नपर्ने उपल्लोमुस्ताङका घरका छाना पनि यहि भोटेपिपल र माटोले वनाइएकको छ र छाना भरि पनि यहि भोटे पिपलका का काठ वर्षौ देखि सजाएर राखिएको हुन्छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु