pokhara news

ओली पक्षीय निर्णय:२०७८ मंसिर २ मा महाधिवेशन ,१ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।

बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा उनले एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।अहिलेको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । बाँकी १ सय ९७ सदस्य पछि थप गर्ने जनाइएको छ । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु