pokhara news

कास्की काँग्रेसद्वारा शुभकामना, चाडपर्वमा महंगी नियन्त्रण गर्न नसकेकोमा चिन्ता व्यक्त

पोखरा, १ कात्तिक ।

नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत्, ल्होछार र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् ।
कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गरिएको छ । 
विज्ञप्तिमा नेपाली जनताको आर्थिक अवस्था दयनीय भइरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता सुविधा दिनु निन्दनीय भएको भन्दै आलोचना गरिएको छ ।  
कोराना महामारी नियन्त्रण र रोकथाम गर्न असफल सरकारले चाडपर्वको समयमा मनोमानी सृजना गरिएको महंगी नियन्त्रण गर्न समेत असफल भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु