pokhara news

खाेपबिना काेराेना भाइरसकाे संक्रमण राेक्न असम्भवः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले खाेप(भ्याक्सिन)काे विकास नभएसम्म काेराेना भाइरस नियन्त्रण हुन नसक्ने बताएकाे छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न सकिने बताउनुभएकाे छ ।

जेनेभामा भर्चुअल भिडिया ब्रिफिङका क्रममा डा. टेड्रोसले खोप बिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पार्नुभएकाे हाे ।

टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस १० गुणा बढी घातक भएको टिप्पणी गर्नुभएकाे छ ।

‘कोभिड–१९ तीब्र रुपमा फैलिरहेको र सन् २००९ मा फैलिएको स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक देखिएकाे छ,’ टेड्राेसले भन्नुभयाे ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु