pokhara news

गुगल क्रोमबाट पासवर्ड चोर्ने भाइरस

साइबर सेक्योरिटी सम्बन्धी अन्तराष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ ।

उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो ।

साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयरले चोरी गर्नसक्ने बताइएको छ ।

पालो अल्टो नेटवक्र्सको एक शाखा ‘युनिट ४२’ का अनुसार कुकीमाइनर नामको मालवेयरले क्रोम ब्राउजरमा सेभ गरिएका क्रिप्टोकरेन्सी कारोबार तथा वालेट सर्भिस वेबसाइटका पासवर्डहरु चोरी गर्न सक्दछ ।

क्रोममा सेभ गरिएका पासवर्ड तथा म्याकमा आइट्युन्समा ब्याकअप लिँदा आइफोनका टेक्स्ट मेसेज पनि चोर्दछ ।

अनुसन्धान अनुसार चोरी गरिएका लगइन डाटा, वेब कुकिज तथा एसएमएस डाटाको फाइदा उठाएर ह्याकर्सले ती साइटहरुका लागि मल्टि फंक्सन अथेन्टिकेसनको तरिका नै बदल्न सक्दछन् । एजेन्सी

6 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु