pokhara news

जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने व्यवस्था खारेज

भारत : भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३ सय ७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका हुन् ।

दोस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो । तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको जानकारी दिए ।

यसका अतिरिक्त सरकारले जम्मुकश्मिरलाई दुईवटा अलग केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय समेत गरेको छ । जसअनुसार अब जम्मु कश्मिर तथा लदाख दुईवटा केन्द्र शासित राज्य हुनेछन् । राज्यसभा बैठकमा विपक्षी सांसदहरुको विरोध र नारावाजीका बीच गृहमन्त्री शाहले सो प्रस्ताव पेश गरेका थिए ।

केही सांसदले आफ्ना कपडा च्यातेर विरोध जनाएका थिए । सन् १९४७ मा भारत–पाकिस्तान विभाजन भएपछि कश्मीरको केही भाग भारतको अधीनमा आएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु