pokhara news

नेकपा ओली समूहको सातै प्रदेशमा प्रशिक्षण

नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने तयारी छ ।प्रशिक्षण कार्यक्रमका लागि केन्द्रिय नेता समेत तोकिएका छन् । बागमती प्रदेशमा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र आनन्द पोखरेल, सुदूरपश्चिममा लेखराज भट्ट, कर्ण थापा र प्रदीप ज्ञवाली, कर्णाली प्रदेशमा शंकर पोखरेल र यामलाल कँडेल, लुम्बिनीमा खिमलाल भट्टराई, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश दुईमा सत्यनारायण मण्डल र सुमन प्याकुरेल लगायत नेतालाई भेला संयोजनको जिम्मा दिइएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु