नेपाल आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप
८ माघ, काठमाडौं ।
भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । भारतले उपलब्ध गराएको १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज नेपाल आइपुगेको हो ।भारतबाट प्राप्त कोभिसिल्ड खोप विमानस्थलमै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
पहिलो चरणमा खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयको तयारी छ । नेपालमा रहेका करिब १६ हजार खोप केन्द्रलाई परिचालित गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप आयात पछि पहिलो चरणमा जनसंख्याको ३ प्रतिशतलाई मात्र खोप लगाउने बताइएको छ ।
भारतबाट थप तीन चरणमा खोप ल्याउने नेपालको तयारी छ । कोभिसिल्ड सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्रेजेनेकासँग मिलेर विकास गरेको खोप हो । सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोपका लागि आपतकालीन प्रयोग स्वीकृति प्रदान गरिसकेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.
Leave A Comment