pokhara news

पूर्व–उपप्रधानमन्त्री कमल थापा आईसीयुमा भर्ना

काठमाडौं  ,२ कार्तिक 

कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा काठमाडौं चाबहिलस्थित ओम अस्पतालको सघन उपचार कक्ष ‘आईसीयू’मा भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्व–उपप्रधानमन्त्री थापालाई आईसीयूमा भर्ना गरिएको हो ।उनको उपचारमा डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।। थापालाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु