पोखरा चिनाउन अमेरिका छोडेर घर फर्के कलाकार ढाका भट्टराइ
कृष्ण अन्जान ज्ञवाली
पोखरा
पोखरा चिनाउने प्रयासमा यहांका धेरै पोखरेलि हरु लाग्दै गर्दा पोखरा महानगरपालिका वडा नं १७ वैदामका ढाका भट्टराइ पनि पोखरालाइ चिनाउन आफ्नो कला लिएर देखा परेका छन ।
लामो समय अमेरिका मा वसेका उनले पछिल्लो पटक नेपाल फर्केर वैदाममा हिमालयन आर्ट ग्यालेरि खोलेर उनले आफैले वनाएका चित्रहरु संगै पोखरालाइ चिनाउने प्रयास शुरु भट्टराइको भनाइ छ ।
त्यसोत उनले आजभन्दा २० वर्ष अगाडि पोखराको राष्ट्र वैंक चोकमा उनले साकुरा आर्ट ग्यालेरि खोलेर आफ्नो कलालाइ पेखरेलि वजारमा ल्याइ सकेका हुन ।तर विस्तारै देश द्धन्द तर्फ उन्मुख हुंदै गर्दा पोखराको पर्यटन वजारमा मन्दि आए संगै उनि सन २००१ मा अमेरिककामा पलाएन हुन वाध्य भए तर लामो समय उनि अमेरिका वस्न सकेनन र सन २००७मा नेपाल फर्के पछि आफ्नो कलाकरितामा प्रवेश गरेको उनले वताए ।
पोखरेलि कला वजारमा यतिवेला मात्र माछापुच्छ्र्रे ,फेवाताल ,अन्नपुर्ण हिमाल घान्द्रुक धम्पुस का साथै यो क्षेत्रको संस्कृति रहन सहन समा वेश गरिएको छ ।धेरै जसो पोखरेलि कलाकारको कलामा यहांका प्राकृतिक छटा हरु समावेश छन ।सायद पोखरा आउने पर्यटक हरुले मोर्डन आर्टको साटो प्रकृतिक चित्र हरुलाइ रोज्ने हुंदा यहांका कलाकार हरुको रोजाइमा पनि प्रकृतिको चित्रण नै रहेको पाइन्छ ।उनको ग्यालेरिमा छिर्ने हरुले पनि नेपालको वास्तविक चित्रण कलाकार भट्टराइको कलामा पाएको उनको हिमालयन आर्ट ग्यालेरी अवालेकन गरेपछि प्रकाश अधिकारी वताए ।
कलाले देश परिवेश सवै चिनाउंछ तर कलाकार सधै पिडामा वांच्ने गर्दछ ।ढाका भट्टराइ पनि कला मार्फत देश परिवेश संस्कृति र रितिस्थीति चिनाउने पोखरेलि कलाकार हुन तर उनको प्रयासमा राज्यले फर्केर हेर्दैन ।
Leave A Comment