pokhara news

बडादशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजाआराधना गरिँदै

 बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै छ । बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो ।कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ ।ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु