pokhara news

भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

भारतका पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा दिल्लीस्थित एम्स् अस्पतालमा निधन भएको हो ।

स्वराजको हृदय घातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको मुटुमा एक्कासी समस्या देखिएपछि मंगलबार राति भारतको समय अनुसार १०ः१५ बजे एआइआएएमएस अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउने वित्तिकै आकस्मिक कक्षमा लगिएको थियो । त्यसको केही समयमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको आजै साँझ दाँह संस्कार गरिने भएको छ । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुख व्यक्त गरेका छन् ।

मोदीले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट निरन्तर सुषमालाई सम्बोधन गर्दै चार ट्विट गरेका छन् । जहाँ उनले भारतका र बीजेपीका लागि सुष्माको योगदान र उनको निधनबाट हुने क्षतिको बारेमा उल्लेख गरेका छन् । सुष्माको निधनमा दुख व्यक्त गर्दै भारतीय कंग्रेसले स्वराजको असामयिक निधनको खबर सुनेर निकै दखी बनाएको जनाएको छ ।

सुष्माले सन् १९७७ मा पहिलो पटक चुनाव लडेकी थिइन् । त्यतिबेला उनी २५ वर्षकी थिइन् । उनी हरियाणाको अंबाला सीटमा उम्मेदवार उठेर सबैभन्दा युवा विधायकमा चुनाव जितेकी थिइन् ।

९०को दशकमा सुष्मा स्वराजले राष्ट्रिय राजनीतिमा पाइला चालेकी थिइन् । अटल बिहारी बाजपेयी सरकारले उसलाइ मन्त्री बनाएको थियो । सन् १९९८मा उनले अटलको मन्त्रीपरिषद्बाट राजीनामा दिएर दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु