pokhara news

मितेर साइनो गास्ने समझदारी

पोखरा  
युनान प्रान्त गभर्नर छेङफाले दुई प्रदेशवीच मितेरी सम्वन्ध बनाएर अगाडि बढ्न आफुहरु इच्छुक रहेको प्रस्ताव राखेका थिए । मितेरी साइनो गासेर अगाडि बढ्दा धेरै विषयमा सहयोग आदान प्रदान गर्न र अनुभव साट्न सहज हुने बताएका थिए । दुवै प्रदेशका विदेश मामिला हेर्ने प्रतिनिधिवीच छलफल गराएर यसलाई अगामी दिनमा मितेरी सम्वन्धका लागि आधार बनाउन सकिने चिनिया पक्षले राखेको थियो । जवाफमा मुख्यमन्त्री गुरुङले दुवै प्रदेशको भौगोलिक बनावट एकै प्रकारको भएकाले विभिन्न विषयमा अनुभव आदान प्रदान गर्न सकिने भएकोले यसमा गण्डकी प्रदेश सकारात्मक भएको बताएका थिए । गभर्नर छेङफाले अंग्रेजी भनाई जोड्दै ढिला भएपनि मितेरी साइनो गासिने आशा व्यक्त गरे । गर्भनर छङफालाई आफ्नो प्रान्त भ्रमणका निम्ता समेत दिएका थिए । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु