pokhara news

मुक्तक सुन्न पोखरा जाऔं

कृष्ण अन्जान ज्ञवाली
पोखरा  
पोखरा मोफसलमा साहित्यको राजधानी भन्दा फरक पर्दैन ,अझै मुक्तकका लागि त पोखरा सर्वाधिक चर्चा मा छ ।पोखरामा मुक्तक सुनाउने र सुन्ने हरुको कहिल्यै कमि हुदैन ।
पोखरामा कृयाशिल साहित्यीक संस्था हरुले साहित्यको विधा पोखरामा पस्की रहेका हुन्छन ।यसरी आयोजना हुने साहित्यीक अनुष्ठान हरुमा साहित्यका पारखी हरुको ठुलै जमघट हुन्छ र त्यसमा पनि मुक्तक सुन्ने सुनाउने संस्थाले आयोजना गरेको अनुष्ठान हरुमा त ठुलै भिड नै लाग्ने गरेको मुक्तक मञ्च पोखराका भरत राज पौडेलको भनाइ छ ।
साहित्यको मुक्तक विधामै पोखरामा मुक्तकको मेला नै लगाइयो ।मुक्त छन्दमा सुन्दा पनि मज्जा लाग्ने मुक्तक लेख्ने हरु पनि धेरै छन पोखरामा ।युवा देखि पाका श्रष्ठाहरुको रोजाइमा मुक्तक पर्ने गरेको युवा साहित्यकार प्रान्जलले भने ।
पोखरामा मुक्तकको इतिहासको कुरा गर्दा तिसको दशकलाइ लिन सकिन्छ ।विक्रम सम्वत २०३४  सालमा पोखरामा स्थापना भएको पोखरेलि युवा सांस्कृतिक परिवारले त टिकटमा मुक्तक सुन्ने परिपाटीको शुरुवात गर्यो जसको कारण मुक्तकको उन्नयनमा ठुलो फड्को प्राज्ञ सरुभक्तको ठम्याइ छ ।
मुक्तकका श्रष्ठाहरुका मुक्तक सुनाउन टिकटमा मुक्तक कार्यक्रमको आयोजना पोखरामा गरिन थाले पछि मुक्तक सुन्न पोखरा जानुपर्छ भन्ने चचौ पनि हुनथाल्यो र पोखरावाट थालनि गरिएको यो प्रयासले मुक्तकको विकासमा ठुलो परिवर्तन ल्यायो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु