मेसीमाथि तीन महिनाको प्रतिबन्ध
अर्जेन्टिनाका फुटवल स्टार खेलाडी लियोनल मेसीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय ‘कोनमेबोल’लाई भ्रष्ट भन्ने टिप्पणी गरेका कारण उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो ।
मेसी क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । मेसीलाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ । कोनमेबोलले निर्णय विरुद्ध अपिल गर्न उनलाई एक साताको समय दिएको छ । यो निर्णयसँगै मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जर्मनीसँगको मैत्रीपूर्ण खेल गुमाउने देखिएको छ ।
गत महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटवलको क्रममा उनले कोपा अमेरिका आयोजकहरु भ्रष्ट रहेको र कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाएका थिए । तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा रातो कार्ड पाएपछि उनले यस्तो आरोप लगाएका थिए ।
रातो कार्ड पाएका मेसी तेस्रो स्थानका लागि भएको पदक वितरणमा सहभागी भएका थिएनन् । खेलमा अर्जेन्टिना दुई एक गोल अन्तरले पराजित भएको थियो । कोनमेबोलले भने मेसीले लगाएका आरोप आधारहिन रहेको बताउदै आएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.
Leave A Comment