pokhara news

मौद्रिक नीति सार्वजनिक, बैंकहरुलाई मर्जरको अफरै अफर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ ।

यस्तै, एक करोड भन्दा बढी कर्जा कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर लिनुपर्नेमा यसलाई घटाएर ५० लाखमा झारिएको छ । चालू आवको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।  त्यस्तै बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह गर्दा आधार दरमा २ प्रतिशत थप ब्याजबाहेक कुनै शुल्क लिन नपाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ । समय अगावै अग्रिम भुक्तानी सेवा लिन नपाउने लगायत कुनै पनि कुनै शुल्क लिन पाइने छैन ।

नेपाल राष्ट्र बैंकले सहुलियतसहित बैंक तथा वित्तिय संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको छ । मर्जरमा गएर २०७७ असार मसान्त भित्र एकिकृत कारोबार गरेमा त्यस्ता बैंकहरुले कृषि, उर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा २०७८ सम्ममा कर्जा प्रवाह गर्दा हुने व्यवस्था गरेको छ । साथै शाखा सञ्चालन गर्न स्विकृत लिइरहनु नपर्ने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको छ ।

बाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नैपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति मार्फत सो व्यवस्थ गरेको हो । बैंकहरुले २०७७ असार मसान्त भित्र अणपत्र प्रवाह गर्नै पर्नेछ । यस्तो ऋणपत्रको शतप्रतिशत पैसा कर्जामा प्रवाह गर्न सकिने छ । यसले बजारमा तरलता सहज हुने केन्द्रिय बैंकको विश्वास छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु