pokhara news

युनान प्रान्तको टोलीसंग मुख्यमन्त्रीले भने ‐ जलविद्युतमा लगानी गर्नुोस 

पोखरा ९ मंसिर 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चिनको युनान प्रान्तका गर्भनर रुआन छेङफावीच भेटबार्ता भएको छ । सोमबार पोखरामा भएको भेटमा दुइपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए । भेटमा सुरुवातमा मुख्यमन्त्री गुरुङ प्रदेशको भौगिलिक, सास्कृतिक र प्रसिद्ध स्थान बारे जानकारी गराएका थिए । उनले गण्डकी प्रदेश पर्यटन र जलविद्युतको संभावनायुक्त प्रदेश भएकोले यसमा युनान प्रान्तसंग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । बुढी गण्डकी, कालीगण्डकी जस्ता जलविद्युतका संभावनायुक्त नदीहरु प्रदेशमा रहेको जानकारी गराउदै उनले यसमा लगानी गर्न गर्भनर सहितको टिमलाई आग्रह गरेका थिए । साथै गण्डकी प्रदेशले सन २०२२ सम्ममा २० लाख पर्यटक भित्रायाउने लक्ष्य राखेको भन्दै चीन र विशेष युनान प्रान्तले प्रचार प्रसारमा सहयोग गर्ने विश्वास व्यक्त गरे । जवाफमा गर्भनर छङफाले युनान प्रान्त पनि जलविद्युतको धनी प्रान्त भएकोले यसमा सहयोग र सहकार्यका लागि आफुहरु तयार बताए । जलविद्युत प्रमुख सहित आफु नेपाल भ्रमणका आएको बताउदै उनले जलविद्युत क्षेत्रमा चीन सरकार र आफ्नो प्रान्तले सहयोग गर्ने बताए । युनान प्रान्तमा गत बर्ष करिब एक अर्ब पर्यटकले भ्रमण गरेको दृष्टान्त दिदै उनले नेपाल र गण्डकी प्रदेशको प्रचार प्रसार सहयोग गर्ने बचन दिएका थिए । उनले पोखरा सहर युनानबासीका लागि निकै मनपर्ने सहर भएको बताउदै आफु पोखरा आउन पाउदा निकै खुसी लागेको बताएका थिए । भेटमा मुख्यमन्त्री गुरुङले प्रदेशमा चीनसंग जोड्ने तीन वटा नाका भएको जानकारी कोरला नाका खोल्ने विषयमा हालै भएको चिनिया राष्ट्रपति भ्रमणको क्रममा सहमति भएको बताए । उनले यो नाका खुल्ला गरिएको चीनसंग व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरे । जवाफमा गर्भनरले चाडै नाका खुल्ने विश्वास व्यक्त गरे । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु