pokhara news

युवा संघको भेला पोखरामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघठनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ गण्डकीले आज पोखरामा आयोजना गरेको युवा भेलालाई सम्वोधन गर्दै उहाँले संसद विघठन सवैभन्दा लोकतान्त्रिक, संवैधानिक र गणतन्त्रात्मक कुरा रहेको जिकिर गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले जनतामा गएर मत लिने कुरालाई गलत अर्थ लगाउन नहुने भन्दै सरकारको घोषणालाई अदालतले समेत साथ दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश मुडभेडको दिशामा जाने गरी आन्दोलन नगर्न विपक्षी पार्टीहरुलाई आह्वान गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन भई छाड्ने बताउँदै युवाहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्र मध्य १६ मा विजय हासिल गरेको बताउँदै अबको निर्वाचनमा सबै क्षेत्र जित्ने गरी लाग्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा सङ्घका सहसंयोजक रमेश पौडेलले शीर्ष नेताहरुको असहयोग र घेरावन्दीका कारण केपी ओली नेतृत्वको सरकारले अप्ठ्यारोमा पार्ने काम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापा, युवा सङ्घका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, युवा नेताहरु माधव बास्तोला,किरण पौडेल,बच्चनसिँह,विष्णुु पुन लगायतले गण्डकी प्रदेशका ११ वटै जिल्ला तथा स्थानीय तहमा युवा भेला गरी सङ्गठन विस्तारका कार्यक्रम शुरु गर्न आग्रह गर्नुभएको थियो ।

युवा भेला अघि पोखराको अमरसिँह चौरबाट शुरु भएको मोटरसाइकल ¥याली पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु