pokhara news

संगम माध्यमिक विद्यालयका पूर्व विद्यार्थीद्वारा पोशाक तथा छात्रवृत्ति वितरण

२४ कात्तिक, पोखरा 

 कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ६ चन्द्रकोट स्थित श्री संगम माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई खेलकूद पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ । साथै सोही अवसरमा स्व. धीर बहादुर गुरुङ्ग स्मृति अक्षयकोषबाट गत वर्षको एस.ई.ई. परिक्षामा सर्वोकृष्ट अंक हासिल गर्न सफल दुईजना विद्यार्थीहरुलाई जेहेन्दार छात्रवृत्ति समेत वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरुमा अन्नूर्णण–६, लुम्लेका अञ्जु देवकोटा र अन्नपूर्ण–७, ह्वाँडीका सीता भण्डारी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रति विद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भएपनि सो अनुरुप ग्रामिण भेकका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गर्नुभयो । वहाँले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमका विशेष अतिथि एवम् अन्नपूर्ण गाउँपालिका शिक्षा ईकाइ प्रमुख बलराम भुगाँईले विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नभयो । वहाँले विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा शिक्षकहरुको ठूलो भूमिका हुने भएकोले शिक्षकहरु थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति एवम् मञ्चका अध्यक्ष श्री नविन गुरुङ्गले पोशाक सौजन्यकर्ताहरुको साथै छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुहुने भू.पू. जि.पं.स. स्व. धीर बहादुर गुरुङ्गको परिवारजनलाई प्रति धन्यवाद ज्ञापन गर्दै विगतमा जस्तै अगामी दिनमा पनि मञ्चले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने लक्ष्य राखेको बताउनुभयो । पूर्व विद्यार्थी मञ्चका सचिव श्री लक्ष्मी नारायण देवकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका कार्यसमिति सदस्य एवम् अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष चित्र बहादुर गुरुङ्गले धन्यवाद मन्तव्य राख्नु भएको थियो । पूर्व विद्यार्थी मञ्चका आजिवन सदस्यहरु श्री संगम मा.वि. चन्द्रकोटले संयोजन गरेको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु अन्नपूर्ण–७, तान्चोक घर भई हाल युके निवासी चन्द्रमान गुरुङ्ग र अम्बले गुरुङ्ग, अन्नपूर्ण–७, ह्वाँडी घर भई हाल फिलिपिन्समा कार्यरत शंकरमान गुरुङ्ग र अन्नपूर्ण–७, तोमिजुङ्ग निवासी आश बहादुर गुरुङ्गले पोशाक सौजन्य गरेका थिए । आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई सहयोग गर्न पाएकोमा आश बहादुर गुरुङ्गले खुसी व्यक्त गर्नुभयो । यसैगरी शुभकामना मन्तव्यका क्रममा श्री संगम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जइ बहादुर गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्री टेकनाथ पोखरेलले टिसर्ट र ट्रयाकसूट सहयोगको लागि पूर्व विद्यार्थी मञ्च संगम मा.वि. चन्द्रकोट र सहयोगदाताहरुलाई विद्यार्थीहरु र विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो  ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु