pokhara news

२९४२ जना कोरोना संक्रमित थपिए,२३२६ जना संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ । गत २४ घन्टामा १४ हजार ८ सय ७५ पीसीआर नमूना परीक्षण गर्दा २ हजार ९ सय ४२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेको हो । काठमाडौ उपत्यकामा १ हजार ६ सय ९८ संक्रमित थपिएका छन । तिमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ , भक्तपुरमा ९९ र ललितपुर १ सय ३० जना संक्रमित थपिएका छन । मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना रहेका छन । तिमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन । संक्रमितमध्ये ३ सय १ जना सघन उपचार कक्षमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । एकै दिन २ हजार ३ सय २६ जना कोरोनामुक्त भएका छन । योसँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ जना पुगेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय १७ जना बसिरहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ वटा पीसीआर नमूना परीक्षण गरिएको छ । कोरोना संक्रमाणवाट एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु