pokhara news

‘हजार जुनीसम्म’ को गीत रिलिज

निर्देशक तथा निर्माता विकासराज आचार्य निर्देशित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन छ ।

लोक शैलीको गीतमा एकनारायण भण्डारीको शब्द छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला भट्टी साहुनीको भूमिकामा प्रस्तुत छिन् । गीत निकै रमाइलो बनेको छ ।

 

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु