गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा
पोखरा, २ साउन
चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् ।
गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् । नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बिहीबार प्रदर्शनी सुरुआत गरिन् । उनले नेपाल र चीनको सम्बन्धलाई यस्ता कार्यक्रमले थप मजबुत पार्ने उल्लेख गरिन् । गान्जी प्रिफेक्चर कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाको सेक्रेटरी चेन बोताउले नेपालीहरुलाई गान्जी भ्रमण गर्न निम्तो दिए । उनले भने, ‘नेपाल जस्तै हिमाल, ताल, झरना भएको गान्जी भ्रमणका लागि यहाँहरुलाई निम्तो छ ।’
संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले यथासक्य संसारभरीका हिमाल, पर्वत र पर्वतारोहणबारे जानकारी दिन सक्ने गरी संग्रहालयलाई समृद्ध बनाउँदै लगिने बताइन् । पोखराको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो संग्रहालय वर्षमा दुई लाखभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्य शेषकान्त शर्मा र धर्मराज पन्थीले पनि बोलेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment