pokhara news

साउनको सोमबार , देशभरका शिवालयमा भक्तजनको भीड

साउन, पोखरा 

साउनको सोमबार आज पोखरा लगायतका  देशभरका शिब मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पोखराका शिब मन्दिरहरुमा दर्शनका लागि बिहानैदेखि ठुलो संख्यमा सर्वसाधारण पूजाअर्चनाका लागि पुगेका छन् ।

साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर