pokhara news

फ्रान्समा राष्ट्रपति माक्रोँको जर्मनी भ्रमण स्थगित

देशभित्र देखिएको अशान्तिमाझ फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन्। आइतवारबाट सुरू हुने तय भएको उक्त भ्रमण २३ वर्षपछि फ्रान्सका राष्ट्रपतिको जर्मनीमा हुने राजकीय भ्रमण भनिएको थियो। जर्मनीका राष्ट्रपति राष्ट्रपति फ्रान्क भाल्टर स्टाइनमायरले फ्रान्सका राष्ट्रपति माक्रोँले फोन गरेर आफ्नो देशको अवस्थाबारे जानकारी गराएको र भ्रमण पछि सार्न प्रस्ताव गरेको जानकारी गराएका छन्। उनले जारी गरेको वक्तव्यमा भ्रमण स्थगित भएकोमा दुख: व्यक्त गर्दै आफ्नो छिमेकी देशको अवस्थाबारे आफू जानकार रहेको बताएका छन्।

25 प्रतिक्रिया

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर