pokhara news

बसमा आगो लाग्दा २५ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा खम्बामा ठोकिएको थियो। ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको छ। दुर्घटनामा बाँचेका केही यात्रु सिसा फोरेर बाहिर निस्कन सफल भएको प्रहरी अधिकारीले बताएका छन्।

19 प्रतिक्रिया

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर