भानुजयन्तीमा विविध प्रतियोगिता
पोखरा, ३२ असार
आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आदिकवि भानुुभक्त आचार्य जन्मस्थल विकास समिति, भानुु नगरपालिका वडा नं ४ तनहुँले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रमका अवसरमा आयोजित भानुभक्तीय रामायण वाचन प्रतियोगितामा कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित गोगन माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा सुजाता पौडेल प्रथम बन्नुुभएको छ ।
प्रतियोगितामा ब्यास नपा ३ दमौलीका स्वाधिनता पौडेल द्वितीय, भानुु संस्कृत मा.वि.का गरिमा नेपाली तृतीय र सोही मा.वि.की प्रस्तुती आचार्य सान्त्वना बन्नुुभएको छ ।
त्यस्तै खुल्ला विद्यालयस्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय मा.वि.की मौसमी गैरे प्रथम, गोगन मा.वि.की सुजाता पौडेल द्वितीय, भानु संस्कृत मा.वि.की सृष्टि सुनार तृतीय एवम् सोही मा.वि.की विनिशा श्रेष्ठ र नारायणी आधारभुत विद्यालयकी शिवानी अधिकारी सान्त्वना भएका छन् ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि आयोजित भानुुभक्तको चित्रलेखन प्रतियोगितामा जनजागृती मा.वि.की स्नेहा गुुरुङ प्रथम, भानु संस्कृत मा.वि.का अंकीत बसेल द्वितीय, नारायणी आधारभुत विद्यालयका रमेश राई तृतीय र सोही विद्यालयकी अनिता तामाङ सान्त्वना भएका छन् ।
त्यस्तै खुला कविता प्रतियोगितातर्फ महेश ठेडी मगर प्रथम, रश्मि सेढाइँ द्वितीय, रामप्रसाद पौडेल तृतीय र अनिता श्रेष्ठ सान्त्वना भएका छन् ।
प्रतियोगिता अन्तर्गत भानुुभक्तीय रामायाण वाचन प्रतियोगिता र विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार र दुुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै कक्षा १ देखि ८ सम्मका विद्यार्थीको भानुुभक्तको चित्र लेखन प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने विद्यार्थीलाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै खुल्ला कविता प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयीलाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार र दुुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयी विद्यार्थीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment