म्याग्दीको मालिकामा सहकारी सञ्जाल गठन
बागलुङ, १८ असार म्याग्दीको मालिका गाउँपालिकामा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको आइतवार सम्पन्न भेलाबाट मालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । पालिका भित्र सञ्चालित सहकारी संस्थाहरुका बीच समन्वय गरी सहकारीलाई प्रभवकारी रुपमा सञ्चालन गर्न तथा पालिका सरकारसंग समन्वय गरी संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका लागि क्रियाशिल हुने गरी सञ्जाल गठन गरिएको हो । आत्मनिर्भर साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्तनाथ सुवेदीको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालका सदस्यरुमा अन्नमपुष्पम शहिद स्मृति सहकारी संस्थाका खड्क बहादुर छन्त्याल, न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका लक्ष्मी सापकोटा आचार्य, मालिका महिला वचत तथा ऋण सहकारी संस्थाका इन्द्रमती फगामी, सोलेडाँडा महिला वचत तथा ऋण सहकारी संस्थाका सिता उपाध्याय, रुम महिला वचत तथा ऋण सहकारी संस्थाका गीता बुढाथोकी र नवमालिका वचत तथा ऋण सहकारी संस्थाका छेम बहादुर विक रहनु भएको छ । सहकारी सञ्जालका संयोजक तथा सदस्यहरुलाई वधाई दिदै गाउँपालिका अध्यक्ष वेग प्रसाद पुनले सहकारीहरुलाई आम समुदायसंग जोडन र उनीहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्न सञ्जालले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । पालिकाको सहकारी ऐनमा सुधार गरी पालिका स्तरीय संघ गठनको व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा समस्या आउनुमा नियत, वेवास्ता र वित्तीय संकट मुख्य कारण रहेको चर्चा गर्दै नियत राख्नेहरुलाई कार्वाही गर्न, वेवास्ता गर्नेहरुलाई सच्याउन तथा वित्तीय संकटका कारण जोखिममा परेका सहकारीहरुलाई जोगाउन राज्यले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनुभयो । मालिका गाउँपालिकाका अधिकृत तथा सहकारी शाखाका प्रमुख सोम बहादुर केसीले मालिका गाउँपालिका भित्रका सहकारीहरुको अनुगमन, नियमन शुरु गरिएको र सहकारीहरुलाई सहकारी ऐन, नियममा रहेर काम गर्न सहजीकरणका लागि सञ्जालसंग समन्वय गरिने बताउनुभयो । सहकारीहरुमा देखिएका समस्याको पहिचान गरी सुधार गर्न तथा सहकारीप्रति देखिएको नेरास्यतालाई चिर्दै आम समुदायमा सहकारीप्रतिको विश्वास जगाउनका लागि सञ्जालका तर्फबाट निरन्तर लागिने उहाँले बताउनुभयो । नियत खराव भएका केही सहकारीहरुले गरेको बदमासीका कारण आज सिंगो सहकारी अभियानप्रति जनताले आशंका गरेको विषयलाई गाउँ गाउँबाट चिर्न र आफ्ना सदस्यहरुलाई सहकारीप्रति आश्वस्त र विश्वस्त बनाउनका लागि सबै सहकारीहरुसंग समन्वय गरेर काम गरिने संयोजक सुवेदीले बताउनुभयो । सदस्यमैत्री भएर काम गर्दा गर्दै पनि वित्तीय संकटका कारण समस्यामा परेका सहकारीहरुको समस्या समाधानका लागि गाउँपालिकासंग समन्वय गरिने उहाँको भनाइ छ ।



21 प्रतिक्रिया
WtVxkcjCgUNv
2024-02-08 17:23:53
hVkatEifAN
WtVxkcjCgUNv
2024-02-08 17:23:54
hVkatEifAN
WtVxkcjCgUNv
2024-02-08 17:23:56
hVkatEifAN
cNdGigmTM
2024-02-27 01:50:28
PhEfgqnMIvj
cNdGigmTM
2024-02-27 01:50:30
PhEfgqnMIvj
cNdGigmTM
2024-02-27 01:50:32
PhEfgqnMIvj
VUiJGcYEqbu
2024-03-10 01:55:17
gpNoCVmhQx
VUiJGcYEqbu
2024-03-10 01:55:18
gpNoCVmhQx
VUiJGcYEqbu
2024-03-10 01:55:20
gpNoCVmhQx
zPoiGHhnWxjQmFMl
2024-03-14 21:31:00
qgPtXVcGR
otCTneuAhQYzbKFc
2024-04-19 01:01:02
OroCMDvpXeFKY
WblXRNnOfciMUgy
2024-05-04 23:00:23
qBiEoODhg
WblXRNnOfciMUgy
2024-05-04 23:00:25
qBiEoODhg
WblXRNnOfciMUgy
2024-05-04 23:00:26
qBiEoODhg
iQheNYlLwr
2024-05-08 02:09:58
sImVeaZPSuJDGW
iQheNYlLwr
2024-05-08 02:10:00
sImVeaZPSuJDGW
iQheNYlLwr
2024-05-08 02:10:01
sImVeaZPSuJDGW
NhfkUOayZqHxMBAc
2024-05-14 23:40:57
FexBHPpflTAQh
NhfkUOayZqHxMBAc
2024-05-14 23:40:59
FexBHPpflTAQh
RQseNXhPGCSp
2024-06-06 18:17:20
xMaHFoSZB
RQseNXhPGCSp
2024-06-06 18:17:23
xMaHFoSZB