-
युएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ । लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए । रक्तदान सोही अस्पताल परिसरमा हुनेछ ।
-
डीसी । नेपाल आइडल सिजन-२ का विजेता अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड, प्रथम बिजेता विक्रम बराल र द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल-मे महिनामा कार्यक्रमको लागि आउने छन् । उक्त नेपाल आइडल सिजन-२ का अमेरिकाको लागि केटीएम इन्टरटेन्टमेन्टले गर्ने छ । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
-
युएई / सरकारले श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार युएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ । ओमानको छलफलपछि प्राविधिक टोली मंगलवार युएई आइपुगेको र आज (बुधबार) यहाँ छलफल सुरु गर्ने नेपाली दूतावास युएईले जनाएको छ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.