pokhara news

प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गर्नु भएको छ । 
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको असहमति, आलोचना र विरोधलाई छाडेर मुलुकलाई सम्पन्न र समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्ने दायित्व बिर्सन नहुने पनि स्पष्ट पार्नु भयो । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लौनचांैरस्थित सहिद पार्कमा सहिदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुको सपनालाई साकार पार्न सरकारले मुलुकलाई समृद्ध र जनतालाई सुःखी बनाउने अभियानलाई दृढताका साथ अघि बढाईरहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले सुशासन र तीव्र आर्थिक विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन सिंगो देशनै केन्द्रित भएर लागि परेको दावी पनि गर्नु भयो । उहाँले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र, सामाजिक न्याय र समानतासहितको अधिकार प्राप्त भएको उल्लेख गर्दै अव कुनै पनि नागरिकले अधिकार प्राप्तीका लागि जीवन बलिदान गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि स्मरण गराउनु भयो । मुलुकमा जनताको शासन व्यवस्था सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको अवस्थामा परिवर्तन ल्याउन सबैले दृढतापूर्वक समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको सपना पूरा गर्ने काममा एकतावद्ध भएर अघि बढन सबैलाई आग्रह गर्नु भयो । उहाँले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई अघि बढन नदिने प्रयास पनि सुरु हुन थालेको भन्दै त्यसलाईं निष्तेज पारेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । मेयर शाक्यले मुलुकलाई समृद्ध बनाएर मात्रै सहिदहरुको सपनालाई पूरा गर्न सकिने पनि स्मरण गराउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले देश र जनताको मुक्तिका लागि जीवनको आहूति दिएका चार सहिदहरु शुक्रराज शाष्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा पुष्पगुच्छासहित माल्यार्पण गर्नु भएको थियो । यसै अवसरमा पारेर काठमाडौं महानगरपालिकाको नेतृत्वमा विशाल ¥याली पनि निकालिएको थियो । काठमाडौंको जमलबाट निकालिएको ¥याली लौनचौरस्थित सहिद पार्कमा पुगेर समापण गरिएको थियो । ¥यालीका गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

11 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु