सीपयुक्त शिक्षा हुनुपर्ने..... मन्त्री अर्याल
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले शिक्षा सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ १ स्थित रणवीर जनहित मावि खहरेको ५६औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले हरेक पालिकामा एक प्राविधिक शिक्षालयको नीति अनुसार नेपाल सरकार अगाडि बढेको भन्दै शिक्षा जीवनोपयोगी र प्राविधिक हुुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अर्यालले कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीको रुची अनुसारको प्राविधिक शिक्षा जीवनोपयोगी समेत रहनेमा जोड दिनुभयो । दुरीका आधारमा शिक्षालयबाट टाढा टाढा रहेका विद्यार्थीहरुलाई आवास सहितको शिक्षाका लागि सरकार लागिपरेको मन्त्री अर्यालको भनाई छ । साथै फरक प्रसंँगमा बोल्दै मन्त्री अर्यालले भूमि व्यवस्थापनका लागि ऐन मार्फत सरकार अगाडि बढेको भन्दै जमिन बाँझो राख्न नहुँने बताउनुभयो ।
साथै मन्त्री अर्यालले कृषिका माध्यमबाट नै हो देश समृद्ध हुँने तर कृषिका लागि जमिनको अधिकतम प्रयोग हुनुपर्नेमा जोड दिदै जमिन बाँझो राखे सरकारले लिने बताउनुभयो । जमिन सरकारले लिए पनि स्वामित्व सम्बन्धित व्यक्तिकै हुन्छ, सरकारले लिएको जमिन विभिन्न व्यक्ति तथा संघसंस्था तथा सरकार आँफैले समेत भाडामा प्रयोग गर्ने मन्त्री अर्यालको भनाइ थियो ।
१० उत्तीर्ण गरेपछि विद्यार्थीको रुची अनुसारको प्राविधिक शिक्षा जीवनोपयोगी
मन्त्री अर्यालले प्रशस्त जमिन भएर पनि आँफूले प्रयोग गर्न सकेको अवस्था छैन भने सरकारले भाडामा लगाउँछ त्यसबाट समेत जग्गाधनीलाई आम्दानीको स्रोत बन्ने विश्वास ब्यक्त गर्नुभयो । साथै मन्त्री अर्यालले विद्यालयका शैक्षिक गुणस्तर तथा भौतिक विकासका लागि आर्थिक अभाव हुँन नदिने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति एवं सांसद मोहनप्रसाद रेग्मीले विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले १ करोड ९२ लाखको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अिभावक, पुर्व शिक्षक तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
Leave A Comment