pokhara news

चन्द्र माध्यमिक विद्यालय वार्षिक सम्पन्न

चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न भएको छ । बुधबार विद्यालयले एक कार्यक्रमका बिच ५५ औँ वार्षिक उत्सव, ४५ औँ अभिभावक दिवश तथा पुरस्कार बितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तथा विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले विद्यालयको शैक्षिक अवस्था बारे बोेल्दै गाउँपालिकाले विद्यालयको शैक्षिक सुधारको लागि सहयोग गर्ने बताउनु भयो । उहाँले विद्यालय र विद्यार्थीहरुको उज्वल भविष्यको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो । सोही अवसरमा विद्यालयमा अध्यनरत पूर्व विद्यार्थीहरु हुमा सापकोटा र रोसन तिवारीले कपि पेन्सन र ड्रेस  र बुक वितरण समेत गरेका थिए । कार्यक्रममा जन प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धीजिवि, समाजसेवी, अभिभावक लगाएका सबैको उपस्थित रहेको थियो । 

24 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु