pokhara news

निजी क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन प्रचण्ड

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट  पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको लागि निजि क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा बिहिबारदेखि सुरु सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष दाहालले निजि क्षेत्र संगको राम्रो सहकार्य नभए सम्म देश विकास सम्भव नहुने बताउनु भएको हो । निजि क्षेत्रलाई सुविधा नदिने हो र लगानीमा सुरक्षा नहुने हो भने कोही कसैले आफ्नो पुजि लगानी नगर्ने भन्दै अध्यक्ष दाहालले निजि क्षेत्रको लगानिमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

विकासमा सत्ता पक्ष र प्रतिपक्षी भन्न नहुँने भन्दै नयाँ पिँढिलाई कुन किसिमको नेपाल दिने, कस्तो संस्कार दिने, कस्तो सिस्टम दिने भन्ने सरकारको काँधमा

अध्यक्ष प्रचण्डले २००७ र २०४६ सालमा सिस्टम परिवर्तन गर्ने कुरा थिएन्, गणतन्त्रात्मक संघियतालाई संस्थागत गरी विकास र समृद्धिमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले धेरै लामो त्याग र तपस्यापछिको शान्ति प्रक्रियाले विश्वलाई चकित तुल्याएको समेत  दावी गर्नुभएको हो । विकासमा सत्ता पक्ष र प्रतिपक्षी भन्न नहुँने भन्दै नयाँ पिँढिलाई कुन किसिमको नेपाल दिने, कस्तो संस्कार दिने, कस्तो सिस्टम दिने भन्ने सरकारको काँधमा रहेको भन्दै अध्यक्ष दाहालले नेपाललाई विकास र समृद्धी चाहिएको बताउनु भयो । 

11 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु