-
यसरी स्थानीय तहबाटै न्यायिक सम्पादन हुन थालेपछि आर्थिकसंगै समयको पनि बचत हुने र मेलमिलापको विधिले दुवै पक्षको जीत हुने भएकाले परिवार तथा समाजमा पारस्परिक सम्बन्ध टेवा पुगेको देखिन्छ ।
-
११ पालिका रहेको स्याङ्जाका वालिङमा १ विद्यालय, पुतलीबजारमा ३ विद्यालय, भीरकोटमा १ विद्यालय, गल्याङमा १ विद्यालय, चापाकोटमा १ विद्यालय, आँधीखोला, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका एक एक विद्यालयले एसईईमा नतिजा शुन्य ल्याएका हुन् ।
-
यो वर्ष जिल्लामा धान खेति हुने क्षेत्रफल समेत घटेको देखिएको छ । गतवर्ष हिँउदे र वर्षे गरी १८ हजार हेक्टरमा धान उत्पादन हुने गरेकोमा यो वर्ष भने १६ हजार हेक्टरमा मात्रै रोपाइँ हुने भएको छ । जसमा हिउँदे २ हजार र वर्षे १४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुँनेछ । पछिल्लो समय ग्रामिण भेगमा सुन्तला कागती जस्ता फलफुलजन्य खेतिमा आर्कषण बढ्नु, जनशक्ति विदेशीनु, सिँचाईको सुविधा नहुँदा बारीमा परिणत हुनु जस्ता कारणले २ हजार हेक्टर क्षेत्रफल कम भएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।


