-
पोखराको पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भए पछि आज दिउँसो केहिबेर तनाब उत्पन्न भएको छ । हिजो (बिहीबार) बिहान सुत्केरी व्याथा लागेपछि अस्पताल पुगेकी कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको सुत्केरी भईसकेपछि मृत्यु भएको हो ।
-
पोखराको विजयपुरमा निर्माणाधिन बेलिब्रिजको जडानको काम पूरा भएको छ ।शुक्रबार साँझदेखि सम्पूर्ण काम सकिने र शनिबार देखि नै पुलबाट आवतजावत गर्न मिल्ने डिभिजन सडक कार्यालय पोखराका सूचना अधिकारी ईन्जिनियर पवित्रमणी आचार्यले जानकारी दिए ।
-
गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार राष्ट्रिय परीक्षा बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
