-
बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको कृत्रिम तुरतुरे तालको फुटेको छ । आईतवार राती साढे २ बजे तिर तालको केहि भाग फुटेपछि तटीय क्षेत्रका बासिन्दा यतिवेला थप त्रसित बनेका छन् ।
-
हिमानी ट्रष्टले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश सम्मिलित पुस्तक सन्देश संग्रह सार्वजनिक गरेको छ । ट्रष्टको कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पुस्तक सार्वजनिक गरेकी हुन् ।
-
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

