pokhara news

आर्सनलमाथि म्यान्चेस्टर सिटीको सहज जित, अग्युरोको ह्याट्रिक

अग्युरोले खेलको पहिलो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । तर खेलको ११ औं मिनेटमा आर्सनलका लौरेन्टले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ४४ औं मिनेटमा अग्युरोले अर्को गोल गर्दै सिटीलाई पुनः २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा आर्सनलले भने कुनै गोल गर्न सकेन । ६१ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए ।

त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

जितपछि म्यान्चेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक बनाएको छ । आर्सनल भने २५ खेलबाट ४७ अंक बनाउँदै लिगको छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको ६१ अंक छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु