कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
कञ्चन स्काई डिजिटल वायरलेस टिभि विनातार टिभि हेर्न सकिने प्रविधि हो । कञ्चन स्काई डिजिटल वायरलेस टेलिभिजनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी वायरलेस टिभि बारे जानकारी गराएको हो । नेपालको सुदुरपश्चिमबाट वायरलेस टिभिको सेवा सुरु गरेको कञ्चन स्काईले सो सेवा राजधानी काठमाण्डौमा पनि विस्तार गरेको हो । डिजिटल वारलेस टिभि तार विना नै हेर्न सकिने भएकाले अन्य को तुलनामा सस्तो हुने दाबी कञ्चन स्काई टेलिभिजनले गरेको छ ।
नेपाल सरकारबाट एउटै सेटअप बक्सबाट धेरै जनाले एकैपटक धेरै च्यानल हेर्न सक्ने (Multi channel Multi Point Distribution System (MMDS) प्रविधिमा आधारित अत्याधुनिक प्रविधि प्रयोगमा ल्याई डिजिटल वायरलेस टेलिभिजन सञ्चालन गर्ने अठोटका साथ अघि बढेको टेलिभिजनले जनाएको छ । डि भि बि डिजिटल भिडियो ब्रोडकास्टीङको मापदण्डमा यो टिभि हेर्न सकिने भएकै कारण पछिल्लो अत्याधुनिक प्रविधिको रुपमा यसको उदय भएको हो । यो प्रविधि डि भि बी एस टु मोडुलेसनमा आधारित भएकोले यसलाई सफल प्रविधिको रुपमा मानिन्छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
धार्मिक तथा पर्यटकीय स्थल गह्रौँसुर मन्दिरमा विद्यार्थीहरुले सरसफाई गरेका छन् । बालविद्या विकास माविका विद्यार्थीहरुले म...
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.
Leave A Comment