pokhara news

देशभरका अस्पतालहरुको आकस्मिक बाहेकका सबै सेवा ठप्प

चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई दवाव दिन नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिरहेका चिकित्सकहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका छन । महाराजगंजस्थित शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै सरकारविरुद्ध नाराबाजी लगाएका हुन । चिकित्सकहरुले वीर अस्पताल, शिक्षण अस्पताललगायतका काठमाडौंमा मुख्यमुख्य अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा विरामीहरु भने मारमा परेका छन । संघले आफूहरुको आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति दुःख पनि व्यक्त गरेको छ । संघले वार्ता र संवादको माध्यामबाट वर्तमान समस्याको समाधान गर्न पनि सरकारलाई अपिल गरेको छ ।  

10 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु