pokhara news

पहिलो खेलमा २१ रनले पराजित

नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको नेपालले ७ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सक्यो । 

‘डेब्यु’ गरिरहेका सन्दीप जोरा ५३ रन बनाई नटआउट रहे । उनले ४६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

प्रदीप ऐरीलाई इनिङ्सको पहिलो बलमा गुमाएको नेपालबाट सोमपाल कामी २७ र कप्तान पारस खड्का २५ रनमा आउट भए । यूएईका कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहुर खानले २–२ विकेट लिए ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो र युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो ।

साइमन अनवरले युएईबाट सर्वाधिक ५९ रन बनाए । ३८ बल खेली ५ चौका र २ छक्का प्रहार गरेका उनलाई ‘डेब्यु’ गरिरहेका अविनाश बोहराले बोल्ड गरे । मोहम्मद उस्मान ३०, सीपी रिजवान २२ रनमा आउट भए ।

नेपालबाट सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ तथा सोमपाल र अविनाशले १–१ विकेट लिए । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

11 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु