उपप्रमुखसंग महिला कार्यक्रमलाई २ करोड
पोखरा, असार ११ गते पोखरा महानगरपालिकाले उपप्रम्खसंग कार्यक्रमका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सार्वजनीक गर्दै उपप्रमुखसंग महिला कार्यक्रम कोषमा थप दुई करोड रुपैयाँ जम्मा हुने व्यवस्था गरिएको बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशी बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालन गदै आएको छ । विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको उल्लेख गदै चक्रीय कोषका रुपमा उद्यमशील महिला दिदीबहिनीहरुलाई व्यवसायिक योजनामा आधारित लगानी रकम उपलब्ध गराउन बजेटको ब्यवस्था गरिएको हो । महिलाहरुलाई उद्यमशीलतासंगै अन्य आयआर्जनमा सहयोग गर्ने र सुलभ ब्याजसहित फिर्ता गर्ने कोषलाई आगामी दिनमा स्वचालित, सुदृढ र प्रणालीवद्ध बनाइने समेत बजेटमा उल्लेख गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । उपप्रमुखसंग महिला कार्यक्र्रम सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्दै आएको छ ।आर्थिक वर्ष २०८९÷८० सम्म ६१९ जनालाई झण्डै ११ करोड रुपैयाँ लगानी भएको छ । लक्षित समुदायहरुमा दलित समुदायका, आदिबासीजनजाती,द्धन्द्ध प्रभावित परिवारका महिला, अपाङ्क महिला वा अपांग परिवार पाल्नुपर्ने महिला, मुस्लिम समुदायका, एकल महिलाहरु, महिला समुह, महिलाद्धारा सञ्चालित सहकारीहरुलाई ऋण प्रवाह गर्ने गरिएको छ । त्यस्तै उपप्रमुखसंग महिला कार्यक्रम मार्फत कानुनी सचेतना र शैक्षिक सहजता कार्यक्रम समेत सञ्चालन हुदै आएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment