pokhara news

कर्म–कर्ण पत्रकारिता पुरस्कार २०८०’ दिपेन्द्र श्रेष्ठलाई

असार २८ पोखरा । यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुकोे बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिने भएको हो । पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं एभरेस्ट एफएमका प्रवन्ध निर्देशक श्रेष्ठलाई सिफारिस गरेको हो । पत्रकार श्रेष्ठ एभरेस्ट आवाज डटकम र एभरेस्ट एमएममा आवद्ध छन् । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थपना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्र रहेको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले जानकारी दिए । भोलि शुक्रबार बिहान नयाँबजारस्थित तमु धीं नेपालमा एक कार्यक्रमका विच पुरस्कार अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् । सोही कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । कार्यक्रममा कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ प्रमुख अतिथि रहनु हुने जनाइएको छ

17 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु