कास्की काँग्रसद्धारा पोखरामा पक्राउ गरिएका बिद्यार्थी नेताहरुको रिहाइको माग
नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिका शिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा शनिवार पोखरामा पक्राउ गरिएका नेपाल बिद्यार्थी संघका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
प्रशासनद्धारा प्रदर्शनमा उत्रीएका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल ससम्मान रिहाई गर्न माग गरेको हो ।कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेताहरुलाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
राजनीति उन्माद अझै बाँकीछ,सरकारी सम्पत्तीमाा आगनी अनि बिनासर्त रिहा ?
नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनीक विदाको दिन गाडी चलाएको आरोपमा बिद्यार्थीहरुले पोखरा महानगरपालिको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगजनि गरेको आरोपमा विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो ।
यसैगरी नेपाली काँग्रेस कास्कीले माघ २१ गते सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारीमा पूरा भएको जनाएकोछ ।पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगा हुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागि हुन आग्रह गरेका छन् । कोणसभालाई काँग्रेस नेता गगन थापाले सम्वोधन गर्ने छन् ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



5 प्रतिक्रिया
wIXKtRAzGCMcnr
2024-02-08 17:24:20
vjlCAmHcM
wIXKtRAzGCMcnr
2024-02-08 17:24:21
vjlCAmHcM
wIXKtRAzGCMcnr
2024-02-08 17:24:22
vjlCAmHcM
HXPtRwZGO
2024-06-06 18:14:54
eTMFuhYGRXflQWD
HXPtRwZGO
2024-06-06 18:14:57
eTMFuhYGRXflQWD