pokhara news

कास्की काँग्रसद्धारा पोखरामा पक्राउ गरिएका बिद्यार्थी नेताहरुको रिहाइको माग

नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिका शिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा शनिवार पोखरामा पक्राउ गरिएका नेपाल बिद्यार्थी संघका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ ।

प्रशासनद्धारा प्रदर्शनमा उत्रीएका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल ससम्मान रिहाई गर्न माग गरेको हो ।कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेताहरुलाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

राजनीति उन्माद अझै बाँकीछ,सरकारी सम्पत्तीमाा आगनी अनि बिनासर्त रिहा ?

नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनीक विदाको दिन गाडी चलाएको आरोपमा बिद्यार्थीहरुले पोखरा महानगरपालिको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगजनि गरेको आरोपमा विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो ।

यसैगरी नेपाली काँग्रेस कास्कीले माघ २१ गते सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारीमा पूरा भएको जनाएकोछ ।पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगा हुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागि हुन आग्रह गरेका छन् । कोणसभालाई काँग्रेस नेता गगन थापाले सम्वोधन गर्ने छन् ।

3 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु