pokhara news

जि . स. स. कास्कीद्वारा कार्य बिबरण सहित योजना सार्बजनिक

साउन ५ , पोखरा जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको बिबरण सहित आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफुहरू निर्बाचित भएर कार्यभार सम्हाले पछि बर्तमान प्रदेश तथा संघ सरकारले हालसम्म निर्माण गरेका कानून र ऎन नियम भित्र रहेर उत्कृष्ट समन्वयकारी भुमिका निर्बाह गर्ने प्रयत्न रहेको उल्लेख गर्नुभयो । समन्वय र अनुगमनका लागि पर्याप्त कानुन अभाव भएको र उक्त कानुनहरू निर्माण गर्न आफूहरू निरन्तर प्रदेश र संघ सरकारलाई विभिन्न तवरले लबिङ् गरिरहेको भन्दै संबैधानिक ब्यबस्था अनुसार तीन तहका सरकार बिच बिकास र अन्य जन चासोका बिषयमा समेत समन्वय गरिरहेको उल्लेख गर्नु भयो। उहाँले निर्बाचित भएको एक बर्षमा चौध वटा बैठक बसेको,नेपालमा नै पहिलोपटक विभिन्न बिषयगत कार्यालयको अर्ध बार्षिक समिक्षा गरिएको ,जि . स . स . कास्की सहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरूलाइ क्षमता अभिबृद्दि तालिम संचालन गरिएको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको ,गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमन सहित समन्वयात्मक बैठक सम्पन्न गरेको उल्लेख गर्नुभयो। त्यसैगरि अनुभव आदानप्रदान गर्न असल सिकाइ अभ्यास कार्यक्रम ,नदि तथा खानिजन्य पदार्थ उत्खनन बिक्री बितरण र क्रशर संचालन कार्यबिधी र समन्वय कार्यबिधी निर्माण गरि छैटौं जिल्ला सभाबाट पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । पहिलो पटक स्थानिय तह स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन ( FRA) को नतिजा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको जानकारी दिनुभयो। प्रमुख पौडेलले जिल्ला सभाबाट पारित ३२ बुदे निर्णय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कास्कीमा संघीय ,प्रादेशिक र स्थानिय तहका बिकास आयोजनाको अनुगमनका क्रममा देखिएका समस्याको समन्वय र समाधानमा नियमित भएका कार्यहरूको जानकारी दिनुभयो। पौडेलले अनुगमन ,समन्वयको कार्यलाई प्रभाबकारी बनाउन आर्थिक बर्ष २०८०/८१ को ब्यबस्थित कार्यतालिका निर्माण गरेको जानकारी दिनु भयो।

19 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु