pokhara news

धार्मिक तथा पर्यटकीय स्थल गह्रौँसुरमा सरसफाई

धार्मिक तथा पर्यटकीय स्थल गह्रौँसुर मन्दिरमा विद्यार्थीहरुले सरसफाई गरेका छन् । बालविद्या विकास माविका विद्यार्थीहरुले मन्दिर परिसरमा सफाई गरेका हुन् । विद्यालयका निर्देशक एल बि ज्वारचनको संयोजकत्वमा कक्षा ६ र ७ का विद्यार्थी तथा शिक्षक गरी सय बढीको समूहले मन्दिरमा परिसर सरसफाई गरेका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो ।
मन्दिर वरिपरि रहेका प्लाष्ट्रिक, बोत लगायत प्लाष्ट्रिक जन्य वस्तु तथा मन्दिर परिसरमा पलाएका झारहरुलाई समेत निश्क्रीय पारिएको छ । पछिल्लो समय मन्दिर सरसफाईका लागि विभिन्न संघ संस्थाहरु समेत जाने गरेका छन् । धार्मिक ऐहिासिक महत्व रहेको गह्रौँसुरमा ठुलो दशैँ र चैते दशैँमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गदेखि उच्च स्थानमा रहेका मन्दिरसम्म जाने ग्रामिण सडकको स्तरोन्नति, सडकसफाई, मन्दिरमा पिउने पानीको व्यवस्था लगायत मन्दिरको स्तरोन्नतिले समेत आन्तरिक पर्यटकको आर्कषण बढेको छ

4 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु