pokhara news

पुतलीबजार नगरपालिकाद्धारा झण्डै ८० करोड बजेट पारित

पुतलीबजार नगर कार्यपालिकाको चौथो नगर सभाले ७९ करोड २३ लाख ४ हजार संसोधन बजेट पारित गरेको छ । आर्थिक बर्ष २०७५/७६ कुल बजेटमा ५ करोड ८५ लाख ७८ हजार थप गरि उक्त संसोधित बजेट पुगेको हो । संसोधित थप बजेटमा प्रदेश सरकारले साझेदारी सडक निर्माणको लागि १ करोड ६० लाख, झोलुङे पुल क्षेत्रगत कार्यक्रम ५५ लाख, पर्यटन क्षेत्र चण्डिकालिकाको लागि ५० लाख, गरिबसगँ बिश्वेश्वर कार्यक्रम ३ लाख ९४ हजार, निर्वाचन क्षेत्र बिकास कोसबाट ६० लाख, खर्च हुन बाँकी रकम ७६ लाख र अनुमान भन्दा बढि रहक एक करोड ८० लाख ३९ हजार रहेको नगर उपप्रमुख महेश पुरीले जानाकारी दिनुभयो । संसोधित बजेटमा चालु तर्फ २४ करोड १४ लाख ९५ हजार र पुँजिगत तर्फ ५५ करोड ८ लाख ८ हजार रहेको छ । नगरपालिकामा पुस मसान्तसम्म चालुतर्फको कुल बजेट मध्ये ३ करोड ५१ लाख २७ हजार खर्च भएको बताउदै उपप्रमुख पुरीले पुँजीगत तर्फ कुल बजेटमध्ये २ करोड ७१ लाख खर्च भएको र बाँकी रकम खर्च हुने क्रममा रहेको बताउनुभयो । नगरपालिकाले पछिल्लो ६ महिनामा १ करोड ४९ लाख १० हजार ३ सय आन्तरिक राजस्व संकलन गरेको उपप्रमुख पुरीले बताउनुभयो । सभामा लेखा समितिका संयोजक रबिबिक्रम केसीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।  ६ करोड २९ लाख ५४ हजार ७ सय ८० रहेको बताउदै केसीले ७२ लाख ८६ हजार ६सय २७ रुपैया ९० पैसा पेश्की रहेको बताउनुभयो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु